सर्वोकृष्ट केन

भक्तपुर । इंग्लिस स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२५-२६ को सिजन उत्कृष्ट प्रदर्शन गर्दै बार्यन म्युनिखलाई बुडेसलिगा र जर्मन कप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
उनको उच्चस्तरीय प्रदर्शनको मद्दतमा जर्मन महारथी टोलीले युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा पनि तय गर्यो ।
३२ वर्षिय खेलाडीले म्युनिखको जर्सीमा यो सिजन ६१ गोल गरे । उनले बुडेसलिगामा ३१ खेल खेल्दा ३६ गोल गरे भने च्याम्पियन्स लिगमा १३ खेल खेल्दा १४ गोल गरे ।
त्यस्तै, डिएफबी पोकलमा ६ खेलमा १० गोल गर्दै अविश्वसनीय प्रदर्शन देखाए ।
केनले घरेलु लिगमा युरोपभरीमै सर्वाधिक गोल गर्ने खेलाडी हँदै युरोपियन गोल्डेन बुट पनि जित्न सफल भए ।
उनका निकतम प्रतिद्वन्दी म्यानचेस्टर सिटीका इर्लिङ हालान्डले लिगमा २७ गोल गर्दा केलियन एम्बाप्पेले २५ गोल गरे ।
बुकमार्क गर्न
