विश्वकपमा कोरियाको विजयी सुरुवात
दक्षिण कोरियाका रुपमा समेत परिचित कोरिया रिपब्लिकले चेक गणतन्त्रका रुपमा चिनिने चेकियामाथि २–१ को पुनरागमन जित रचेको हो ।

कोरिया रिपब्लिकले २३ औं संस्करणको फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ ।
⚽ गोलकर्ता
लाडिस्लाभ क्रेइची 59' (चेक रिपब्लिक)
ह्वाङ इन-बोम 67' (दक्षिण कोरिया)
ओह ह्योन-ग्यु 80' (दक्षिण कोरिया)
ह्वाङ इन-बोम
ओह ह्योन-ग्यु
लाडिस्लाभ क्रेइची
शुक्रवार विहान भएको खेलमा दक्षिण कोरियाका रुपमा चिनिने कोरिया रिपब्लिकले चेकियालाई २–१ ले पन्छाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
मेक्सिकोको जापोपानस्थित गुवाडालाजारा रंगशालामा भएको खेलमा एसियाली टोली कोरियालाई जिताउन ह्वाङ इन बियोम र ओह हेअन ग्युले गोल गरे ।
पराजित चेकियाका लागि भने लाडिस्लाभ क्रेजसीले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९ औं मिनेटमा लाडिस्लाभको गोलमार्फत् चेकियाले १–० को अग्रता लियो ।
तर, ६७ औं मिनेटमा ह्वाङले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि ८० औं मिनेटमा ओह हेअनले गोल गर्दा कोरिया २–१ ले विजयी रह्यो ।
जितसंगै कोरियाले ३ अंक जोडेर समूह ‘ए’ को तालिकामा दोस्रो स्थानमा रहेको छ ।
बुकमार्क गर्न
