म्युनिखले जित्यो बुडेसलिगाको उपाधि
यो म्युनिखको १४ सिजनमा १३ औं उपाधि हो ।

सिजन २०२५–२६ को उपाधि जितेपछि बायर्न म्युनिखका खेलाडीहरु ।
भक्तपुर । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगाको उपाधि जितेको छ ।
आईतवार राति भएको खेलमा भिएफबी स्टटगार्टमाथि ४–२ को जित निकालेसंगै बायर्न म्युनिखले चार खेल अगावै जर्मन शीर्ष घरेलु लिगको उपाधि जितेको हो ।
म्युनिखको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ह्यारी केन, राफायल गुइएरो, निकोलास ज्याक्सन र अलफान्सो डाभिसले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने क्रिस फुहरिच र चेमा आन्ड्रेसले एक–एक गोल फर्काए ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको म्युनिखले ३० खेलमा ७९ अंक जोडेको छ ।
यो म्युनिखको १४ सिजनमा १३ औं उपाधि हो ।
पराजित स्टटगार्टको समान ३० खेलमा ५६ अंकसहित तालिकाको चौथौं स्थानमा झरेको छ ।
बुकमार्क गर्न
