म्युनिख जर्मन कपको फाइनलमा
उपाधिका लागि म्युनिखले भिएफबी स्टटगार्ट र एससी फेइबर्गका विजेतासंग प्रतिस्पर्धा गनेछ ।

बायर लेभरकुसेनविरुद्व गोल गरेपछि ह्यारी केन खुसियाली मनाउँदै ।
भक्तपुर । जर्मन महारथी बायर्न म्युनिख जर्मन प्रतिष्ठित नकआउट प्रतियोगिता डिएफबी पोकलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनल खेलमा बुडेसलिगा प्रतिद्वन्दी बायर लेभरकुसेनमाथि २–० को जित रच्दै बायर्न म्युनिख फाइनलमा प्रवेश गरेको हो ।
लेभरकुसेनको घरेलु मैदान बे एरिना रंगशालामा भएको खेलमा म्युनिखलाई जिताउन ह्यारी केन र लुइस डाइजले गोल गरे ।
पहिलो हाफको २२ औं मिनेटमा जमाल मुसियालको पासमा केनले गोल गर्दै म्युनिखलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा लियोन गोरेत्ज्काको पासमा डाइजले गोल थप्दा म्युनिख २–० ले विजयी भयो ।
बुकमार्क गर्न
