मैत्रीपूर्ण खेलमा इराकसंग स्पेनको बराबरी

K
Kheldabali Author
•१ मिनेट पढ्ने समय
पटक पढिएको
भक्तपुर । आसन्न फिफा विश्वकपको तयारी स्वरूप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले इराकसंग बराबरी खेलको छ ।
विहिवार राति भएको अभ्यास खेलमा बलियो स्पेन एसियाली टोली इराकसंग १–१ को बराबरी खेलको हो ।
स्पेनको इस्टाडियो डि रियाजोर इन ला कोरूनामा भएको खेलमा पहिलो हाफको १६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।
तर, २७ औं मिनेटमा मेर्चास दोस्कीले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल निस्केन ।
0
0
बुकमार्क गर्न
#अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल#इराक#स्पेन#फिफा विश्वकप
