फिफा विश्वकप सुरु हुँदै
विश्व फुटबलको शीर्ष प्रतियोगितामा योपल्ट ४८ राष्ट्रहरु सहभागी हुँदैछन् ।

भक्तपुर । विश्व फुटबलको महाकुम्भ मेला २३ औं संस्करणको फिफा विश्वकप सुरु हुन अब मात्र चार दिन बाँकी छ ।
जुन ६ तारिखदेखि सुरु हुने प्रतियोगिता संयुक्त राज्य अमेरिकासंगै मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछ ।
एक महिनाभन्दा बढी सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल जुलाइ २० तारिखमा हुनेछ ।
अमेरिकाका ११, मेक्सिकोका ३ तथा क्यानडाका २ सहरमा प्रतियोगिता सञ्चालन हुनेछ ।
विश्व फुटबलको सर्वाच्च निकाय फिफाको आयोजनामा हुने प्रतियोगितामा यसपल्टदेखि ४८ राष्ट्रहरुले सहभागिता जनाउँदै छन् ।
यसअघि ३२ राष्ट्रहरुमात्र खेल्ने गर्दथ्यो ।
प्रत्येक चार टोलीलाई एक समूह गरि १२ वटा समूह विभाजन गरिएको छ ।
प्रत्येक समूहका विजेता तथा उपविजेता राउण्ड अफ ३२ मा पुग्नेछन् भने समूहको तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान सुनिश्चित गर्नेछ ।
उद्घाटन खेलमा सह–आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन् ।
फिफा विश्वकप
बुकमार्क गर्न
