प्रिमियर लिगमा बढुवा भयो आइपिएसविच
गत सिजनमात्रै आइपिएसजविच प्रिमियर लिगबाट घटुवामा पर्दै इएफएल च्याम्पियनसिपमा झरेको थियो ।

भक्तपुर । एक वर्षअघि मात्रै इंग्लिस क्लब फुटबलको शीर्ष श्रेणी प्रिमियर लिगबाट रेलिगेशनमा पर्दै दोस्रो श्रेणीको इएफएल च्याम्पियनसिपमा झरेको आइपिएसविच टाउन फेरी प्रिमियर लिगमा बढुवा भएको छ ।
सनिवार भएको खेलमा क्विन्स पार्क रेन्जर्समाथि ३–० को स्पष्ट जित रच्दै आईपिएसविच टाउन प्रिमियर लिगमा बढुवा भएको हो ।
आइपिएसविचको घरेलु मैदान पार्टमान रोड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाउन जर्ज हिर्स्ट, जडेन फिलोगेने र कसे मकाटेरले गोल गरे ।
जितसंगै आइपिएसविचले ४६ खेलबाट ८४ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित रेन्जर्सको भने समान ४६ खेलमा ५८ अंकसहित तालिकाको १५ औं स्थानमा झरेको छ ।
बुकमार्क गर्न
