प्रिमियर लिग सकियो : आर्सनल च्याम्पियन
निकतम प्रतिद्वन्दी म्यानचेस्टर सिटीलाई पछि पार्दै आर्सनलले प्रिमियर लिगको उपाधि जितेको छ । लिग विजेता आर्सनलसंगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, एस्टन भिल्ला र लिभरपूलले च्याम्पियन्स लिगमा स्थान बनाएको छ । उल्भ्स, बर्नली र वेस्टह्याम युनाइटेड रेलिगेसनमा परेको छ ।

प्रिमियर लिगको उपाधिका साथ आर्सनलका खेलाडीहरु ।
भक्तपुर । विश्व घरेलु फुटबलको सर्वाधिक लोकप्रिय प्रिमियर लिगको सन् २०२५–२६ को सिजन सकिएको छ ।
आईतवार राति ३८ औं चरणका खेलहरु सकिएसंगै प्रिमियर लिगको सिजन सकिएको हो ।
सिजनको ३८ खेलमध्येमा २६ मा जित ७ मा बराबरी र ५ खेलमा हार आत्मसाथ गर्दै ८५ अंक जोडेर २२ वर्षपछि आर्सनलले लिग उपाधि चुम्न सफल भयो ।
पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले भने ३८ खेल खेल्दा २३ मा जित ९ मा बराबरी र ६ खेलमा हार बेहोर्दै ७८ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
सिजनको पहिलो सत्रमा खराब लयबाट गुर्जिएको म्यानचेस्टर युनाइटेडले रुविन अमोरियमलाई प्रतिस्थापन्न गर्दै माइकल क्यारेक भित्र्याएसंगै सुधारिएको खेल प्रदर्शन गर्यो ।
नतिजा ३८ खेलमध्येमा २० मा जित ११ खेल बराबरी र ७ खेलमा पराजय बेहोर्दै ७१ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा रह्यो ।
त्यसरी नै एस्टन भिल्लाले ६५ र लिभरपूलले ६० अंक जोडेर क्रमशः चौथौं र पाँचौं स्थान हासिल गर्यो ।
लिगको शीर्ष पाँचमा रहेका यी पाँच टोलीले आगामी सिजन युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिग खेल्नेछन् ।
त्यस्तै, ५७ अंक जोडेको एएफसी बर्नमाउथ र ५४ अंक जोडेको सन्डरल्याण्डले क्रमशः छैटौं र सातौं स्थानमा रहँदै युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिग खेल्ने भएको छ ।
५३ अंक जोडेको ब्राइटनले आठौं स्थानमा रहेर अर्को सिजन युईएफए कन्फेरेन्स लिग खेल्ने भएको छ ।
यो सिजन उपाधि होडका साथ लिगको सुरुवाती गरेको फिफा विश्वकपको उपाधि विजेता चेल्सीले भने सोचे अनुरुपको प्रदर्शन देखाउन सकेन ।
५२ अंकमात्र जोड्न सकेको चेल्सीले तालिकाको दशौं स्थानमा रहेर लिग टुंग्ल्याउँदा अर्को सिजन युरोपेली प्रतियोगिता खेल्न नपाउने भएको छ ।
प्रिमियर लिगको अर्को ठूलो मानिएको टोली टोटनहम हटस्परले त यो पाली बिर्सनलायक प्रदर्शन देखाउँदै बल्लतल्ल रेलिगेशनबाट बच्न सफल रह्यो ।
स्पर्सका रुपमा समेत चिनिने टोटनहमले ४१ अंक जोडेर तालिकाको १७ औं स्थानमा समेतियो ।
यो सिजन प्रिमियर लिगबाट उल्भ्स, बर्नली र वेस्टह्याम युनाइटेड रेलिगेशनमा पर्दै दोस्रो श्रेणीको इएफएल च्याम्पियनसिपमा घटुवामा पर्यो ।
उल्भ्स र बर्नली यसअघि नै रेलिगेसनमा पर्ने निश्चित भइसक्दा तेस्रो स्थानको लागि अन्तिम खेलमात्र निर्णय भयो ।
क्रीतिमानी २१ असिस्ट र ९ गोल गरेका युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज प्रिमियर लिग अफ द सिजन घोषित भए ।
त्यस्तै, २७ गोल गरेका सिटीका फरवार्ड इर्लिङ हालान्डले गोल्डेन बुट जिते भने लिगमा १९ क्लिन सिट राखेका आर्सनलका गोलकिपर डेभिड रायाले गोल्डेन ग्लोबको अवार्ड जिते ।
बुकमार्क गर्न
