नेपाल एसियन गेम्समा छनोट
मलेसियालाई एकपक्षिय रुपमा हराएसंगै नेपाल एसियन गेम्समा छनोट हुन सफल भएको छ ।

भक्तपुर । नेपालले एसियन गेम्स क्वालिफायरमा मलेसियामाथि फराकिलो जित रचेको छ ।
विहिवार भएको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित रचेको हो ।
जितसंगै नेपाल जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।
सिंगापुरको एसएनसिजीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार पार्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक १२६ रनको शतकीय पारी खेल्दा अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखले २४ बल खेल्दै ५ चौका र ७ छक्का प्रहार गरेर ६८ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ३१, सुन्दिप जोराले १५, लोकेश बमले १०, कुशल मल्लले अविजित ९ तथा करण केसीले ७ रन जोड्दा रोहित पौडेल शुन्य रनमा पेविलियन फर्किए ।
दोस्रो इनिङ्समा २७६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०८ रन जोड्न सक्यो ।
मलेसियालाई सस्तैमा समेत्न नेपालका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिँदा करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुलश मल्लले १–१ विकेट लिए ।
नेपालले २ खेलबाट शतप्रतिशत जितसहित ४ अंक जोडेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पराजयका बाबजुत मलेसिया पनि छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुकमार्क गर्न
