चोरी भयो विश्वकप खेल्न अमेरिका पुगेको इंग्लिस टोलीको सामाग्री

K
Kheldabali Author
•१ मिनेट पढ्ने समय
फिफा विश्वकप खेल्न संयुक्त राज्य अमेरिका पुगेको इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सामाग्रीहरु चोरी भएको छ ।
इंग्ल्यान्ड फुटबल संघ (एफए) ले इंग्लिस टोलीको सामान चोरी भएको जनाएको हो ।
प्रारम्भिक अनुसन्धानमा इंग्लिस टोलीका खेलाडीहरुका बुट, फुटबल लगायतका सामग्री चोरी भएको जनाइएको छ ।
उक्त सामग्रीहरू क्यान्सस सिटीस्थित स्वोप सोकर भिलेजमा रहेको इंग्लिस टोलीको प्रशिक्षण स्थलतर्फ लैजाँदै गर्दा गाडी तोडफोड गरी चोरी भएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेको छ ।
थ्री लायन्सका रुपमा चिनिने इंग्लिस टोलीका म्यानेजर थोमस टुचेलले उक्त घटनाको पुष्टी गरेका छन् ।
घटनापछि अमेरिकी प्रहरी अधिकारीहरूले अनुसन्धान अघि बढाएको बताइएको छ ।
0
0
बुकमार्क गर्न
#फिफा विश्वकप २०२६#एफए#इंग्ल्यान्ड
