एसियन गेम्सको छनोटमा नेपालको विजयी सुरुवात
नेपालले तुलनात्मक रुपमा कमजोर टोली चीनलाई २२१ रनले पराजित भएको हो ।

भक्तपुर । नेपालले एसियन्स गेम्स पुरूष छनोटअन्तर्गत खेलमा चीनलाई हराएको छ ।
आईतवार भएको खेलमा नेपालले तुलनात्मक रूपमा कमजोर टोली चीनलाई २२१ रनले हराएको गरेको हो ।
सिंगापुरस्थित सिंगापुर राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै सर्वाधिक १२९ रनको शतकीय पारी खेले ।
त्यस्तै, कुशल मल्लले ४७ बल खेल्दै ८ चौका र ५ छक्का प्रहार गर्दै ८५ रनको अर्धशतकीय पारी खेल्दै अविजित रहँदा कप्तान रोहित पौडेलले २१ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै अविजित ६९ रनको अर्धशतकीय पारी खेले ।
आसिफ शेखले २१ रनको योगदान दिए ।
३१३ रनको विशाल विजयी लक्ष्य पछ्याएको चीनले १९.२ ओभरमा अलआउट हुँदै ९२ रनमा समेतियो ।
चीनलाई सस्तैमा अलआउट गर्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले २–२ तथा नन्दन यादवले १ विकेट लिए ।
बुकमार्क गर्न
