ब्रेकिङ न्यूज
म्युनिखलाई पन्छाउँदै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

S
Super Admin
•१ मिनेट पढ्ने समय
पटक पढिएको
भक्तपुर । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा जर्मन महारथी बायर्न म्युनिखसंग १–१ को बराबरी खेल्दा समग्रमा ६–५ को जित रच्दै साविक विजेता पिएसजी फाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा पिएसजी ५–४ ले अघि रेहेको थियो ।
म्युनिखस्थित एलियान्ज एरिना रंगशालामा भएको खेलमा पिएसजीका लागि ओसमाने डेम्बेलेले गोल गर्दा घरेलु टोलीका लागि ह्यारी केनले गोल फर्काए ।
योसंगै उपाधि रक्षा अभियानमा रहेको पिएसजीले अब फाइनलमा इंग्लिस टोली आर्सनलको सामना गर्ने भएको छ ।
0
3
बुकमार्क गर्न
#बायर्न म्युनिख#युईएफए च्याम्पियन्स लिग#पिएसजी
