उद्घाटन खेलमा मेक्सिकोको सहज जित
२३ औं संस्करणको विश्वकपको उद्घाटन खेलमा सह आयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को सहज जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

K
Kheldabali Author
•१ मिनेट पढ्ने समय
फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले सहज जित निकालेको छ ।
विहिवार राति भएको खेलमा सह आयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन जुलियान क्विनोनेसले नवौं मिनेटमा र राउल
जेमिनेजले ६७ औं मिनेटमा गोल गरे ।
खेलमा अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड समेत खाए ।
जितसंगै मेक्सिकोले समूह ‘ए’ को तालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ ।
0
0
बुकमार्क गर्न
#दक्षिण अफ्रिका#मेक्सिको#फिफा विश्वकप#फिफा विश्वकप २०२६
