विश्वकप अघि आइभरी कोस्टसंग फ्रान्स स्तब्ध

K
Kheldabali Author
•१ मिनेट पढ्ने समय
पटक पढिएको
भक्तपुर । आसन्न फिफा विश्वकपको तयारी स्वरूप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स आइभरी कोस्टसंग स्तब्ध बनेको छ ।
विहिवार राति भएको अभ्यास खेलमा बलियो विश्वकपको साविक उपविजेता फ्रान्स अफ्रिकी टोली आइभरी कोस्टसंग २–१ ले स्तब्ध बनेको हो ।
फ्रान्सको नान्टेसमा भएको खेलमा पहिलो हाफको ४५ औं मिनेटमा रायन चेर्कीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५३ औं मिनेटमा गुइला डौएले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ८४ औं मिनेटमा एमड डियालोले गोल गर्दा आइभरी कोस्ट २–१ ले विजयी भयो ।
0
0
बुकमार्क गर्न
#आइभरी कोस्ट#फ्रान्स#फिफा विश्वकप#अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
