विश्वकपमा अमेरिकाको विजयी सुरुवात

संयुक्त राज्य अमेरिकाले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ ।
⚽ गोलकर्ता
डामियान बोबाडिला (आत्मघाती गोल) 7'
फोलारिन बालोगुन 32'
फोलारिन बालोगुन 45+5'
माउरिसियो 73'
जियो रेना 89'
सनिवार विहान भएको खेलमा पाराग्वेलाई ४–१ गोलअन्तरले पन्छाउँदै सह–आयोजक राष्ट्र अमेरिकाले विजयी सुरुवात गरेको हो ।
अमेरिकाको क्यालिफर्नियास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन फ्लोरियान बालोगनले दुई गोल गर्दा जियोभानी रेनाले एक गोल गर्दा अर्को गोल पाराग्वेका डामियान बोदादिल्लाको आत्मघाती रह्यो ।
पराजित पाराग्वेका लागि भने मौरिसिकोले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको आठौं मिनेटमा डामियानले आत्मघाती गोल गर्न पुग्दा घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
त्यसपछि ३१ औं मिनेटमा क्रिस्टियन पुलिसिकको पासमा फ्लोरियानले गोल गर्दा अमेरिका २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मलिक टिलम्यानको असिस्टमा फ्लोरियानले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा अमेरिका ३–ं० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
तर, दोस्रो हाफको ७३ औं मिनेटमा जुलियो इनसिसोको पासमा मौरिसिकोले पाराग्वेका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
खेलको अन्त्यतिर इन्जुरी समयको आठौं मिनेटमा एलेक्स फ्रिम्यानको पासमा जियोभानीले गोल थप्दा अमेरिका ४–१ ले विजयी रह्यो ।
जितसंगै अमेरिकाले समूह ‘डी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।
बुकमार्क गर्न
