लो स्कोरिङ खेलमा युएईमाथि नेपालको
आईसीसी क्रिकेट विश्वकपको लिग २ मा २०१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको युएईलाई कसिल्लो बलिङको मद्दतमा गर्दै १६३ रनमा अलआउट गर्दा नेपालले ३७ रनको रोमाञ्चक जित रचेको हो । जितसंगै नेपालले महत्वपूर्ण २ अंक जोडेर ओडिआई स्टाटस कायम राख्ने सम्भावना कायमै राखेको छ ।

युएईविरुद्व विकेट लिएपछि स्पिनर सन्दिप लामिछाने खुसियाली मनाउँदै ।
भक्तपुर । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा युनाइटेड अरब इमिरेट्स (युएई) माथि जित रचेको छ ।
सनिवार भएको खेलमा नेपालले चिरपरिचित एसोसियट प्रतिद्वन्दी युएईमाथि ३७ रनको जित रचेको हो ।
काठमाडौंको क्रीतिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २०० रन जोड्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९० बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेले ।
दोस्रो इनिङ्समा २०१ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको युएईलाई नेपालले ४८.२ ओभरमा १६३ रनमा अलआउट गर्यो ।
नेपाललाई जिताउन करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले २–२ तथा दिपेन्द सिंह ऐरी र ललित राजबंशीले १–१ विकेट लिए ।
जितसंगै नेपालले महत्वपूर्ण २ अंक जोडेको छ ।
योसंगै नेपालले ओडिआई स्टाटस कायम राख्ने सम्भावना कायमै राखेको छ ।
बुकमार्क गर्न
