रोमाञ्चक खेलमा युएईमाथि नेपालको जित
नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गर्दा विकेटकिपर विनोद भण्डारीले अर्धशतक बनाए ।

भक्तपुर । नेपालले आईसीसी क्रिकेट लिग टुअन्तर्गत खेलमा युनाइटेड अरब इमिरेट्स युएईमाथि रोमाञ्चक जित रचेको छ ।
शुक्रवार भएको खेलमा नेपालले चिररिचित प्रतिद्वन्दी युएईमाथि ६ रनको रोमाञ्चक जित रचेको हो ।
काठमाडौंको क्रीतिपुरस्थित टियु क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २८९ रन जोड्यो ।
नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गर्दा विकेटकिपर विनोद भण्डारीले ५६ रनको अर्धशतकिय इनिङ्स खेले ।
दोस्रो इनिङ्समा वर्षा बाधक बनेसंगै खेल केहि समय रोकिएको थियो ।
त्यसपछि खेल पुनः सुरु हुँदा निर्धारित ५० ओभरबाट घटाएर ३८ ओभरमा झारिएको थियो ।
जसले गर्दा युएईले नयाँ लक्ष्य २५५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ३८ ओभर खेल्दै ८ विकेट गुमाएर २४८ रनमा समेतियो ।
नेपाललाई जिताउन सन्दिप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए ।
जितसंगै नेपालले २३ खेलबाट ७ मा जित निकाल्दै १६ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा यथावत छ ।
पराजित युएईले समान २३ खेलमा १२ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।
बुकमार्क गर्न
