महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
भुटानलाई हराएसंगै नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

K
Kheldabali Author
•१ मिनेट पढ्ने समय
पटक पढिएको
भक्तपुर । नेपालले एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधवार कतारलाई पराजित गरेको नेपालले आज (बिहीवार) भुटानलाई ५१ रनले हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
मलेसियामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेलेर ११३ रन बनायो।
जबाफमा भुटानले निर्धारित २० ओभर खेल्नेक्रममन ८ विकेटको गुमाउँदै ६२ रनमा समेतियो ।
लगातार दुई जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भनेको छ ।
नेपालले २ खेलबाट ४ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा कायम छ ।
पराजित भुटानले भने २ खेल खेल्दा दुबैमा हार बेहोरेको छ ।
0
0
बुकमार्क गर्न
#भुटान#एसीसी महिला प्रिमियर कप#नेपाल
