बेङ्गलुरु आईपिएलको फाइनलमा
उपाधि रक्षा अभियानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरुले गुजरात टाइटन्समाथि एकपक्षिय जित रच्दै फाइनलमा प्रवेश गरेको हो ।

भक्तपुर । रोयल च्यालेन्जर्स बेङ्गलुरू इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको प्लेअफ्सअन्तर्गत क्वालिफायर १ खेलमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरू फाइनलमा प्रवेश गरेको हो ।
भारतको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एशोसियसन रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा आएको बेङ्गलुरूले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमउँदै २५४ रनको विशाल योगफल तयार पार्यो ।
बेङ्गलुरूका लागि कप्तान रजत पातिदारले ३३ बलमा ५ चौका र ९ छक्का प्रहार गर्दै अविजत ९३ रनको शतक नजिक पारी खेले ।
त्यस्तै, विराट कोहली र कुर्णाल पाण्डेयाले समान ४३-४३, देवदुत पादिखेले ३०, भेनकतेश अय्यरले १९, जितेश शर्माले अविजित १५ तथा टिम डेभिडले ४ रनको योगदान गरे ।
दोस्रो इनिङ्समा २५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको गुजरातले १९।३ ओभरमा अलआउट हुँदै १६२ रनमा समेतियो ।
गुजरातका लागि इम्प्याक्ट प्लेयरका रूपमा मैदान छिरेका राउल तेवातियाले ६८ रनको अर्धशतकीय पारी खेले ।
हारसंगै गुजरातले अब क्वालिफायर २ खेल खेल्न पर्ने भएको छ ।
बुकमार्क गर्न
