बार्सिलोना ला लिगाको उपाधि नजिक
जारी लिगमा मात्र ६ चरणका खेल बाँकी रहँदा बार्सिलोना दोस्रो स्थानमा रहेको प्रतिद्वन्दी रियल मड्रिड भन्दा स्पष्ट रुपमा ९ अंकले अघि रहेको छ ।

भक्तपुर । स्पेनिस महारथी बार्सिलोनाले ला लिगामा सेल्टा डि भिगोमाथि जित रचेको छ ।
बुधवार राति भएको खेलमा साविक विजेता बार्सिलोनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी सेल्टा डि भिगोमाथि १–० को जित रचेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याप नौ रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन लामिन यामलले निर्णायक गोल गरे ।
यामलले खेलको ४० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे ।
जितसंगै क्याटलान टोली उपाधिका नजिक पुगेको छ ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले ३२ खेलबाट ८२ अंक जोडेको छ ।
यो भनेको दोस्रो स्थानमा रहेको रियल मड्रिडको भन्दा स्पष्ट रुपमा ९ अंकले अघि हो ।
पराजित सेल्टा डि भिगोको समान ३२ खेलमा ४४ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ ।
बुकमार्क गर्न
