फिफा विश्वकपबारे केहि जानकारी

भक्तपुर । आज रातिदेखि सुरु हुने विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिता फिफा विश्वकप बारे केहि कुरा जानौं ।
१) विश्व फुटबल महासंघ ९फिफा० को शीर्ष प्रतियोगिता हो ।
२) सन् १९३० मा सुरु भएयता यो २३ औं संस्करणको प्रतियोगिता हो ।
३ं अमेरिकी महादेशको तीन देश संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा प्रतियोगिता सञ्चालन गर्दैछन् ।
मेक्सिकोले यसअघि दुईपल्ट विश्वकपको आयोजना गरिसकेको छ भने अमेरिकाले सन् १९९४ को विश्वकप आयोजना गरिसकेको छ । क्यानडाले भने पहिलोपल्ट विश्व महाकुम्भको प्रतियोगिता आयोजना गर्दैछ ।
४) यो प्रतियोगिता जुन ११ देखि जुलाइ १९ तारिखसम्म तीन राष्ट्रका १६ सहरमा आयोजना हुँदैछ । जसमध्ये अमेरिकाको ११, मेक्सिकोको ३ तथा क्यानडाको २ सहरहरुमा खेल हुनेछन् ।
५) यो तीन राष्ट्रले संयुक्त रुपमा आयोजना गर्न गइरहेको पहिलो विश्वकप प्रतियोगिता हो । त्यसअघि दुई राष्ट्रसम्मले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरिसकेका छन् । पछिल्लोपटक सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए ।
६) यो प्रतियोगितामा पहिलोपटक ४८ राष्ट्रहरुले सहभागिता जनाउन गइरहेका छन् । यसअघिको संस्करणमा ३२ राष्ट्रहरु खेल्ने गरेका थिए ।
७) अमेरिका, मेक्सिको र क्यानडाले आयोजकका रुपमा विश्वकपमा सिधै स्थान बनाए ।
८) उजबेकिस्तान, जोर्डन, केप भार्डे र कुराकाओले विश्वकपमा डेब्यु गर्दैछन् ।
९) कतारमा सम्पन्न पछिल्लो संस्करणको विश्वकप जितेको अर्जेन्टिना साविक विजेता राष्ट्र हो ।
१०) ब्राजिल विश्वकपको सर्वाधिक सफल राष्ट्र हो । उसले पाँचपल्ट विश्वकप जितिसकेको छ ।
११) सन् २०२६ को विश्वकप लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । समूह चरणका लागि ४–४ टोलीलाई एक समूह गरी कुल १२ समूहमा विभाजन गरिएको छ ।
१२) प्रत्येक समूहको विजेता तथा उपविजेता सिधै अन्तिम ३२ मा प्रवेश गर्नेछ भने समूह तालिकाको तेस्रोमा रहने ८ उत्कृष्ट टोलीले पनि नकआउट चरणमा स्थान पक्का गर्नेछ ।
१३ं) प्रतियोगिताको उद्घाटन खेल सह–आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीच हुँदैछ । उक्त खेल मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा हुनेछ ।
बुकमार्क गर्न
