पिएम कपमा बागमतीमाथि सुदुरपश्चिमको एकपक्षिय जित
बागमतीलाई सस्तैमा रोक्न सुदुरका लागि हेमन्त धामीले ६ ओभर बलिङ गर्दै २ मेडन राख्दै मात्र १४ रन दिएर ७ विकेट लिए ।

बागमतीमाथि विकेट लिएपछि सुदुरपश्चिमका खेलाडीहरु ।
सुदुरपश्चिम प्रदेशले पिएम कपमा बागमती प्रदेशमाथि एकपक्षिय फराकिलो जित रचेको छ ।
आईतवार भएको खेलमा सुदुरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि १६३ रनको एकपक्षिय फराकिलो जित रचेको हो ।
जनकपुरको राम जानकी रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदुरपश्चिमले ४२.१ ओभरमा अलआउट हुँदै २०९ रन जोड्यो ।
२१० रनको विजयी लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा अलआउट हुँदा मात्र ४६ रनमा समेतियो ।
बागमतीलाई सस्तैमा रोक्न सुदुरका लागि हेमन्त धामीले ६ ओभर बलिङ गर्दै २ मेडन राख्दै मात्र १४ रन दिएर ७ विकेट लिए ।
सुदुरपश्चिमले ६ खेलबाट १० अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित बागमतीको समान ६ खेलबाट ४ अंकसहित आठौं स्थानमा रहेको छ ।
बुकमार्क गर्न
