ब्रेकिङ न्यूज
काभा भलिबल खेल्ने नेपाली टोली घोषणा
पाकिस्तानको इस्लामावादमा असार १७ गतेदेखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली भलिबल टोलीको घोषणा भएको छ ।

K
Kheldabali Author
•१ मिनेट पढ्ने समय
पटक पढिएको
भक्तपुर । पाकिस्तान भलिबल फेडेरेसनको आयोजनामा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ ।
मंगलवार नेपाल भलिबल संघले पाकिस्तानको इस्लामावादमा हुने प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष बि.क, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनरा, नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द रहेका छन् ।
प्रतियोगिता आगामी असार १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।
0
4
बुकमार्क गर्न
#नेपाली भलिबल टोली#काभा पुरुष भलिबल च्याम्पियनसिप
