एसियन गेम्स क्वालिफायरमा नेपालको विजयी सुरुवात
एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीनलाई १९ रनले पन्छाउँदै छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

भक्तपुर । नेपाली महिला टोलीले एसियन गेम्स क्वालिफायरमा विजयी सुरुवात गरेको छ ।
बुधवार भएको खेलमा नेपालले चीनलाई १९ रनले पन्छाउँदै छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
मलेसियाको क्वालालम्पुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १२५ रन जोड्यो ।
नेपालका लागि ओपनर पूजा महतोले ५७ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेल्दा रुवि पोडारले अविजित २२, सोनी पार्खिनले १८, कविता कुनवरले ५, रुविना क्षेत्री र सम्झना खड्काले ४–४ रनको योगदान गर्दा कप्तान इन्दु बर्मा भने शुन्य रनमा पेविलियन फर्किन् ।
१२६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चीनलाई नेपालले २० ओभरमा ५ विकेट लिँदै १०६ रनमा रोक्यो ।
जितसंगै नेपालले समूह ‘बी’ मा २ अंक जोडेको छ ।
्
पराजित चीनले २ खेलमा १ मा जित र अर्कोमा हार बेहोर्दै २ अंक नै जोडेर नेट रननेटका आधारमा दोस्रो स्थानमा छ ।
बुकमार्क गर्न
