आर्सनल च्याम्पियन्स लिगको फाइनलमा
२० वर्षपछि आर्सनल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

S
Super Admin
•१ मिनेट पढ्ने समय
पटक पढिएको
भक्तपुर । इंग्लिस क्लब आर्सनल युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा स्पेनिस टोली एट्लेटिको डि मड्रिडलाई १–० समग्रमा २–१ ले हराउँदै आर्सनल फाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि सेमिफाइनलको पहिलो लेग खेल एक–एकको बराबरीमा सकिएको थियो ।
लण्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन बुकायो साकाले निर्णायक गोल गरे ।
सन् २००६ पछि पहिलोपल्ट आर्सनल युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
0
7
बुकमार्क गर्न
#एट्लेटिको डि मड्रिड#युईएफए च्याम्पियन्स लिग#आर्सनल
